हामीले पुरा निन्द्रा सुतेनौ भने निकै असहज महसुस हुन्छ । आँखा पोल्ने,शरीरलाई अप्ठ्यारो भएको महसुस हुन्छ ।
यदि तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ ।
यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ ।
राम्रोसँग निदाउन नसक्ने वा ओएसए भएका मानिसहरूको मस्तिष्कको क्षमता राम्रोसँग निदाउने मानिसहरूको तुलनामा कम भएको एक अनुसन्धानले देखाएको छ ।
निद्राको कमीले शरीरमा पर्ने असरहरू :
–एकाग्रताको कमी
–स्मृतिमा प्रभाव
–मस्तिष्कको निर्णय क्षमतामा प्रभाव
–भावनात्मक स्वास्थ्य प्रभावित हुन्छ जसका कारण झर्को लाग्ने र रिस उठ्ने हुन्छ
–दिउँसोको समयमा निद्रा
–डिप्रेसन र चिन्ताको समस्या
–ऊर्जाको कमी
–रक्तचापमा प्रभाव
–हृदयरोगको जोखिम
–थकान लाग्ने
–यदि तपाईँलाई मधुमेह छ भने, तपाईँको रोगसँग लड्ने क्षमता कम हुन्छ ।