नेपालले आइएसटिएएफ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप ३७ औं थाई किङ्स कपमा १ स्वर्ण र ३ कास्य पदक जितेको छ ।
थाइल्याण्डमा भदौ १६ देखि २३ गतेसम्म च्याम्पियनसिप आयोजना भएको थियो । नेपाल सेपाकताक्रो संघका कोषाध्यक्ष संगिन थापा मगरका अनुसार नेपाली टोलीले मिक्स इभेन्टमा स्वर्ण पदक जितेको हो ।
नेपालले यो इभेन्टमा सहभागी पाकिस्तान, बंगलादेश, चाइनिज ताइपेइ र श्रीलंकालाई पराजित गरेको थियो ।
होप ईभेन्टमा इरानले स्वर्ण, अमेरिकाले रजत तथा २ सय ३० स्कोर गरि नेपालले कास्य पदक जितेको छ ।
मेन्स क्विड ईभेन्टमा नेपालले कास्य पदक जित्न सफल भयो ।
मिक्स क्विड इभेन्टमा चाइनिज ताइपेईले स्वर्ण तथा बंगलादेशले रजत पदक जित्दा नेपालले भने कास्य पदक जितेको छ ।
रोशन तामाङको कप्तानीमा रहेको नेपाली टोलीमा चन्द्रा चौधरी, सुमित्रा डंगोल, दिपेशजंग थापा, पदमबहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन थिङ र उमेशबहादुर महतो छन् ।