जोडिनुहोस
  • होमपेज
  • बाढी पछि सोमबार देखि विद्यालय संचालन

बाढी पछि सोमबार देखि विद्यालय संचालन

बिहीवारदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरको अवस्था अस्तव्यस्त बनाएको छ । काठमाण्डौ उपत्यकामा पनि ठूलो वर्षाका कारण बाग्मती , विष्णुमती , हनुमन्ते , नख्खु , बल्खु लगायतका खोलाहरूमा भिषण बाढी आएको थियो । नदी किनार छेउका बस्ती , पसल , होटल , विद्यालयमा बाढी पसेर जनजीवन अस्तव्यस्त बनेको छ । पानी पर्न रोकिएसँगै अहिले स्थानीयवासी सरसफाइ र व्यवस्थापनमा जुटेका छन् ।त्रिपुरेश्वर स्थित विश्वनिकेतन माध्यमिक विद्यालयको कक्षा कोठामा मा ५ फिट सम्म बाढी पसेर कम्प्युटर, कागजपत्र लगाएत सामग्री क्षति भएको  थियो । एकाविहानै अचानक आएको बाढीले सामानहरु सुरक्षित ठाउँमा सार्न नभ्याएको विद्यालय सहयोगी बिनोद श्रेष्ठले बताए । विद्यालयको भौतिक सम्पत्ति  क्षतिका बाबजुद शिक्षक , कर्मचारी, विद्यार्थीको अथक मेहनत तथा काठमाण्डौ महानगरको सहयोगमा विद्यालय प्राङ्गण र भुइँतलाका कक्षाकोठामा बाढीको पानीसंगै पसेको लेदो सफाई गरि १० गतेदेखि सञ्चालन भैरहेको कक्षा ११-१२ र बीबीएस तहको परीक्षा तथा कक्षा ४ देखि कक्षा १० सम्मको पठनपाठन  संचालन गर्न सफल भएको विद्यालयका सहायक प्र अ केदार प्रसाद दहालले जानकारी दिए । यस्तो विपद्लाइ १ दिन मात्रको पठनपाठनको क्षतिमा विद्यालय संचालन गर्न सफल भएकोमा खुसी ब्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका