युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका शीर्ष नेताहरूलाई एमसीसी पारित गराउन दबाब दिनुभएको छ ।

बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टाछुट्टै फोन गरी लुले एमसीसीकाबारेमा कुराकानी गर्नुभएको हो ।
कुराकानीमा लुले एमसीसी पारित नभए त्यसलाई चीनको हस्तक्षेपको रुपमा लिने र त्यसबाट नेपाल–अमेरिकाबीचको सम्बन्धमै प्रश्न उठ्नसक्ने चेतावनी दिनुभएको थियो ।

प्रधानमन्त्री देउवासँग भएको टेलिफोन कुराकानीमा सहायक मन्त्री लुले देउवा र दाहालले जनाउनुभएको लिखित प्रतिबद्धता स्मरण गराउनुभएको थियो । उहाँले फेब्रुअरी अन्तसम्म संसदबाट एमसिसी पारित हुनुपर्ने नभए फिर्ता जाने बताउनुभएको थियो ।

जवाफमा प्रधानमन्त्री देउवाले आफ्नो दल नेपाली कांग्रेस एमसिसी पारित गर्न प्रतिबद्ध रहेको दोहोर्याउनुभएको स्रोतको भनाइ छ ।

लुले विहीवार नै ओली र दाहाललाई पनि टेलिफोन गरेर एमसिसी पारित गरेर दुई देशबीच भएको सहमति कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो ।

जवाफमा ओलीले अहिले आफूहरु सरकारमा नरहेकोले कुनै जिम्मेवारीमा पनि नरहेको बताउनुभएको थियो । गठबन्धन सरकारसँग बहुमत भएकोले उसले चाहेमा टुंगो लगाउन सक्ने ओलीको भनाइ थियो ।

अध्यक्ष दाहालसँगको कुराकानीमा लुले एमसिसी पारित नभए चीनको हस्तक्षेपका रूपमा लिने बताउनुभएको थियो ।

जवाफमा प्रचण्डले यसलाई चीनसँग जोडेर हेर्न नहुने तर्क गरेका थिए।

जवाफमा अध्यक्ष दाहालले एमसिसीलाई चीनसँग जोड्न नहुनेमा स्पष्ट पार्नुभएको थियो । उहाँले एमसिसीबारे अब चुनावपछि मात्रै निर्णय गर्नुपर्ने समेत बताउनुभएको स्रोतले बतायो ।

सहायक विदेशमन्त्री लुले भने एमसिसी पारित नभए दुई देशबीचको सम्बन्धमा असर पर्ने चेतावनी समेत दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९