युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौँ चरणका खेल आज (शुक्रबार)बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दिन दुई खेल हुनेछ ।

दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । खेलमा दुबै टोलीलाई रेलिगेशनको चिन्ता छ। फ्रेन्ड्सले दशौँ खेलमा समेत जित निकाल्न नसके रेलिगेशनको थप दबाब झेल्नुपर्छ ।

प्रशिक्षक मृगेन्द्र मिश्रको भनाई मान्ने हो भने बीबीसीविरूद्वकाे खेलमा पराजित भए फ्रेन्डस ९९ प्रतिशत रेलिगेशनमा जानेछ ।बीबीसी भने फ्रेन्ड्सलाई पराजित गर्दै रेलिगेशन क्षेत्रमै पर्न चाहदैन । खेलमा दुबै टोलीलाई बिदेशी खेलाडीको साथ रहनेछ ।

फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ । फ्रेन्ड्सले ९ चरण सकिदा जित निकाल्न सकेको छैन । बीबीसी ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।दिनको दोस्रो खेलमा साँझ पौने ५ बजे त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी जित निकाल्दै शीर्ष स्थानको मछिन्द्रलाई दबाब बढाउन चाहन्छ । जावलाखेल आर्मीलाई रोक्दै रेलिगेशनको दबाबबाट मुक्त हुन चाहन्छ दुबै टोलीलाई केही राष्ट्रिय खेलाडीको साथ रहदा जावलाखेललाई थप बिदेशी खेलाडीले सहयोग पर्नेछ ।आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९