युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सन्दीप लामिछानेको कप्तानीमा ओमानमा चार देशीय टी-२० सिरिज खेल्न व्यस्त छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुपमा नेपाल, ओमान, आयरल्याण्ड र यूएईले यो सिरिज खेलिरहेका छन् ।

सन्दीपले लामिछानेले सिनियर टिमको कप्तानी डेब्युमा शुक्रबार जितको स्वाद चाखे । आज नेपालले यूएईसँग अल अमरेत मैदानमा खेल्दैछ । त्यो खेल ११:४५ मा हुनेछ ।नेपालीको ध्यान ओमानतर्फ हुनेछ नै योसँगै भारतको बेंगलुरुमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको लागि हुने मेगा अक्सनमा पनि हुनेछ ।

कारण नेपालबाट एक्लो खेलाडीको रुपमा उनै सन्दीप लामिछाने मात्र अक्सनका लागि समावेश छन् । नेपालबाट सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरे पनि अक्सनका लागि भने सन्दीप मात्र छनोटमा परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९