
काठमाडौं । सत्तारुढ दलका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच मंगलवार विहान भेटवार्ता भएको हो ।
भेटवार्तामा आइतबार प्रधानन्याधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि विकसित घटनाक्रम, एमसीसी, संसद सुचारु गर्ने विषय र स्थानीय तहको निर्वाचनबारे तीन नेताबीच छलफल भएको बताइएको छ । भोलि संसद बैठक बस्नु अघि तीन शीर्ष नेताबीच छलफल भएको हो । भोलिको संसद बैठकमा एमसीसी टेबुल गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।
माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीअध्यक्ष नेपालले भने आवश्यक संशोधन नगरी पारित गर्न नहुने अडान दोहोर्याउनुभएको छ ।