
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
नयाँ बानेश्वारमा केहिवेर अघि बैठक सुरु भएको एक नेताले जानकारी गराउनुभएको हो । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनिमय च्यालेन्ज कर्पोरेसन एमसीसी संसदमा टेबुल भइसकेपछिको परिस्थितिबारे छलफल हुंदैछ ।
एकीकृत समाजवादीभित्र एमसीसीलाई समर्थन गर्ने नगर्नेबारे विवाद चर्केको छ । सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा टेबुल भएकोमा बिरोध जनाउँदै आउनुभएको छ ।
अध्यक्ष माधवकुमार नेपाल पक्षले भने एमसीसी परिमार्जनको अडानसहित सदनमा टेबुल गर्न सरकारलाई सैद्धान्तिक सहयोग मात्र गरेको बताएको छ ।
अब परिमार्जनको बिषय सदनमा उठाउने शहरी विकास मन्त्री समेत रहनुभएका नेतृ रामकुमारी झाक्रीले बताउनुभयो ।
आजको सचिवालय बैठकमा एमसीसीको सम्बन्धमा संसदमा अपनाइने रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।