युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ । अध्यक्ष उपेन्द्र यादवले भने १३ फागुनमा कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

जसपामा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच चर्को विवाद छ । भट्टराईले अशोक राईको समेत साथ लिएर पार्टीमा बहुमत जुटाउने र कार्यकारी अधिकार लिने प्रयास गरेका छन् । तर अहिलेसम्म न राईले साथ दिएका छन्, न अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका छैनन् ।

अध्यक्ष यादवले सोमबार भने १३ फागुनका लागि कार्यकारिणी समितिको बैठक भने बोलाएका छन् । ‘३ महिनादेखि केन्द्रीय समितिको बैठक माग गर्दै आएका छौं, अध्यक्ष तयार हुनु भएको छैन,’ एक कार्यकारिणी सदस्य भन्छन्, ‘१३ फागुनमा कार्यकारिणी समिति बैठक भनेर भर्खर कार्यलयबाट खबर आएको छ ।’कार्यकारिणी लगतै केन्द्रीय समितिको बैठक राख्नुपर्ने भट्टराई पक्षका नेताहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९