
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा उभिने भएका छन् ।
प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैछ । त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनालबीच बिहीबार बिहान भएको छलफलमा दुवै दलका सांसदहरुले एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति गरेका हुन् ।
संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने आफूहरुको अडान यथावत रहेको नेता खनालले बताउनुभयो । यो अवस्थामा संसदमा कसरी पेश हुने र मत विभाजन भए के गर्ने भन्नेबारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो । एमसीसीको विपक्षमा एकतावद्ध भएर उभिन सहमत भएको उहाँले बताउनुभयो ।
माओवादी र एकीकृत समाजवादीमा एमसीसीको विपक्षमा उभिन शीर्ष नेताहरूमाथि चर्को दवाव छ । तर गठबन्धनमा रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग मागिरहनुभएको छ ।