युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने भएको छ ।

संसद् सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने उल्लेख छ । त्यस्तै, आजको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची समेत रहेको छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसैबीच, संसद् भवन आसपासमा बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप मजबुद बनाइएको छ । आजबस्ने प्रतिनिधिसभा बैठकको समयमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार बेरिएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९