युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता आकस्मिक छलफलमा जुटेका छन्। एमसीसीको विषयमा फरक मत राख्दै आएका माओवादीले सत्ता गठबन्धनबाट बाहिरिने मानसिकता बनाएको छ । त्यसैले सत्ताबाट बाहिरिनुपूर्व दलका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निवास खुमलटारमा आकस्मिक रुपमा पार्टीका नेता तथा सांसदहरूलाई बोलाउनुभएको हो । एमसीसीको विपक्षमा उभिने र सरकारबाट बाहिरने विषयमा छलफल भइरहेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

एमसीसीका विषयमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अडान नछोड्ने भएपछि माओवादी केन्द्रले सरकारबाट बाहिरिने मानसिकता बनाएको हो । योसँगै वामगठबन्धनको सरकार गठनको पहलस्वरुप माओवादी अध्यक्ष दाहालले हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँग भेटवार्ता समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९