
आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोट अन्तर्गत खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।ओमानको मस्कटमा भएको खेलमा नेपालले तेस्रो स्थान हात पारेको थियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
विश्वकप छनोट खेलको सेमिफाइनलसम्म पुगेको नेपाली टोली बुधबार यूएईसँग पराजित बनेको थियो । क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली टोली यूएईसँग पराजित भएपछि विश्वकप छनोटको यात्रा टुंगिएको थियो ।
शुक्रबार साँझ नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायाकेसहित खेलाडी टोलीलाई अभिनन्दन गर्दै स्वागत गरिएको थियो ।