युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम दिन आज विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मैदान उत्रदा मनाङ मर्स्याङदी क्लब दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्ने लक्ष्यमा हुनेछ

लिगको अन्तिम दिन शनिबार तीन खेलहरु हुँदैछन् । दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सात पटकको च्याम्पियन मनाङले आर्मीको सामना गर्दैछ । सोही समयमा सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने अर्को खेलमा न्युरोड टिम (एनआरटी) नेपाल पुलिस क्लबविरुद्ध प्रतिस्पर्धामा उत्रनेछ ।

दिनको तेस्रो खेलमा ४ : ४५ बजे एपिएफ फुटबल क्लबले लिग च्याम्पियन मछिन्द्र फुटलब क्लबलाई चुनौती प्रस्तुत गर्दैछ । लिगको साविक विजेतासमेत रहेको मछिन्द्रले ११औं चरणमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरेसँगै दुई खेल अगावै उपाधि रक्षा गरेको थियो।लिगका पुछारमा रहेका च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) यसपाली शीर्ष डिभिजन लिगबाट दोस्रो डिभिजनमा घटुवा हुने टोली बने ।

तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले १२ खेलबाट ३२ अंक जोडेको छ । लिगमा मछिन्द्र हालसम्म अपराजित छ । दोस्रो स्थानमा रहेको आर्मीलले २२, चौथो स्थानको एनआरटीले २०, पाँचौं स्थानको मनाङले २०, आठौं स्थानमा रहेको एपिएफले १५ र ११औं स्थानको पुलिसले १२ अंक जोडेका छन् ।मंसिर तीन गतेदेखि सुरु भएको लिगका खेलहरु दशरथबाहेक एन्फा मुख्यालय र पोखरा रंगशाला गरी तीन मैदानमा भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९