युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

बिर्तामोड । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले खेल तालिका सार्वजनिक गरेको हो ।

आयोजकका अनुसार उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । हालै सम्पन्न ए डिभिजन लिगमा सातदोबाटो चौथो स्थानमा र जावलाखेल नवौँ स्थानमा रहेका थिए । त्यस्तै, दोस्रो खेल फागुन २२ गते नेपाल पुलिस क्लबविरुद्ध संकटा क्लबले खेल्नेछ । लिगमा पुलिस ११ औँ स्थान र संकटा सातौँ स्थामा रहेका टिम हुन् ।झापा गोल्ड कपको तेस्रो खेल पहिलो खेलको विजेतासँग एपिएफ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा एपिएफ आठौँ स्थानमा रहेको टोली हो ।

चौथो खेल दोस्रो दिनको विजेतासँग थ्री स्टार क्लबले खेल्नेछ । लिगमा थ्री स्टार छैटौँ स्थानमा रहेको थियो ।प्रतियागिताअनुसार पाँचौँ खेल त्रिभुवन आर्मी फुटबल क्लबका विरुद्ध भारत दार्जिलिङको एम एफसीले खेल्नेछ । लिगमा आर्मी दोस्रो स्थानको टोली हो ।

झापा गोल्ड कपमा छैटौँ खेल झापा ११ फुटबल क्लबले भारत सिक्किमको आरपी एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २७ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ । झापा गोल्ड कपको फाइनल खेल फागुन ३० गते सोमबार हुनेछ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने खेलका लागि करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९