युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

कमल । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा हुने भएको छ । आयोजक समितिले आईतबार गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।

फागुन २५ गते देखि सुरु हुने अध्यक्षकपमा प्रदेशभरीका ८ वटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । जस अन्तर्गत धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेड स्टार फुटबल क्लब इलाम, श्री नयाँ श्रीनाथ गण चारआली झापा र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहने जनाएको छ ।

कमल गाउँपालिका वडा नं. ३ स्थित केरखा खेल मैदानमा दिनको ठिक १ बजे देखि खेल सञ्चालन हुनेछ । जसमा पहिलो उद्घाटन खेल फागुन २५ गते आयोजक टिम समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समिति र टेम्के फुटबल क्लव धरान सुनसरीबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।
खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको अर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् ।

कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक चतुरभुज सुवेदीको अध्यक्षतामा तथा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत काजिमान राई, लेखा अधिकृत सृजना राई, खेल संयोजक तेजकुमार राई, खेलकुद समिति सदस्य सन्त खालिङ, सुदिप थुलुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितालाई भव्यताका साथ सफल बनाउका लागि आवश्यकता अनुसार उपसमितिहरु समेत निर्माण गरिएकोछ । जसमा स्वयमसेवक तथा खेल मैदान व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, अतिथि सत्कार तथा सम्मान उपसमिति, आथिएक व्यवस्थापन उपसमिति र खाद्यान्न व्यवस्थापन उपसमिति निर्माण गरि तिव्र रुपमा तयारी थालिएको आयोजक समितिले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९