युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं । नेकपा माओवादी केन्द्रका पदाधिकारी चयनमा अध्यक्ष पुष्पकमल दाहाललाई सकस परेको छ ।

आकांक्षी धैरै भएपछि पदाधिकारी चयनमा अलमल देखिएको छ । अलमलकै कारण केन्द्रीय कमिटी बैठक लगातर स्थगित हुँदै आएको छ । तर आजका लागि बोलाइएको बैठकमा भने केन्द्रीय सदस्य मनोनयन गर्ने तयारी भएको बताइएको छ।

केन्द्रीय समिति बैठकअघि आज विहानअध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा भएको छलफलमा केन्द्रीय सदस्य मनोनयन गर्ने तय भएको हो। माओवादी पूर्व स्थायी समिति सदस्य गणेश साहका अनुसार आज केन्द्रीय सदस्य मनोनयन हुनेछ । आज केन्द्रीय समितिले पूर्णता पाउने अध्यक्ष दाहालसँगको छलफलपछि नेता साहले बताउनुभयो ।

गत पुसमा सम्पन्न माओवादी आठौं महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति हुने विधान पारित गरेको थियो। अहिले माओवादी केन्द्रीय समिति २४७ सदस्यीय छ। बाँकी केन्द्रीय सदस्य अध्यक्ष दाहालले मनोनित गर्नुुहनेछ ।

माओवादी केन्द्रीय पदाधिकारीको भने टुङ्गो लागेको छैन। माओवादी विधानमा १५ पदाधिकारी रहने व्यवस्था छ। जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ। अहिले अध्यक्ष मात्र चयन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९