युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

बिर्तामोड । बिर्तामोड नगरपालिकाले दशवटै वडाबाट छानेर पठाइएका एउटा संस्था र ९ जना श्रमिक महिलालाई आज सम्मान गरेको छ ।११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले विभिन्न विधागत रुपमा श्रमिकहरुलाई सम्मान गरेको हो ।

नगरपालिकाले वडा नम्बर १ की वेदकुमारी कुमाल, वडा नम्बर २ को पूर्वेली महिला नौमती बाजा समूह, वडा नम्बर ३ की प्रतिभा राजवंशी र वडा नम्बर ४ की थिरादेवी भट्टराई अधिकारी सम्मानित भएका छन् ।

यस्तै, वडा नम्बर ५ की मंगलमाया केरुङ्ग, वडा नम्बर ६ की फूलमति करुवा, वडा नम्बर ७ की गीता चौधरी, वडा नम्बर ८ की लीला राजवंशी, वडा नम्बर ९ की सुरजमुनि टुडु र वडा नम्बर १० की बुद्धिमाया किस्कुलाई सम्मान गरिएको छ ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई र वडा नम्बर ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले उनीहरुलाई अबिर र माला लगाएर मायाको चिनोसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा नगरपालिकाको न्यायिक समितिका शाखा अधिकृत टिकामाया लामिछानेले वेइजिङ्ग घोषणापत्र प्रस्तुत गरेकी थिइन् । घोषणा पत्रमाथि न्यायिक समितिका कानूनी सल्लाहकार कमला आचार्य र विरता लेडी जेसीजका निवर्तमान अध्यक्ष स्वास्तिका आचार्यले टिप्पणी मन्तब्य राखेका थिए ।

नगरपालिकाका उपप्रमुख प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नम्बर ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले महिला अधिकारका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा एविसी नेपाल झापाका अध्यक्ष कञ्चना सिटौला, महिला मुक्ति अभियानका अध्यक्ष राधा सुव्वा, तिलरुपा श्रेष्ठ लगायतले महिला हक अधिकार र वर्तमान अवस्थाको बारेमा आ–आफ्ना धारणा राखेका थिए ।वडा नम्बर ६ की वडा सदस्य पवित्रा ढुङ्गानाले शाब्दिक स्वागत गरेर सुरु भएको कार्यक्रमो सञ्चालन नगरपालिकाका कर्मचारी गोमा पोखरेलले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९