युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

बिर्तामोड । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा झापा गोल्डकप आयोजक समितिले महिलाका लागि निःशुल्क खेल हेर्ने अवसर प्रदान गरेको घोषणा गरेको छ ।

गोल्डकपका अध्यक्ष बिनोद बस्नेतका अनुसार समस्त आमा,दिदि–बहिनीहरुप्रति सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि फागुन २४ गते मंगलबार झापा गोल्डकपको खेल प्रतियोगिता निःशुल्क हेर्ने व्यवस्था मिलाइएको हो ।

बस्नेतले अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिन महिला वर्गमा अनुरोध समेत गरेका छन् ।

महिलाका लागि झापा गोल्डकपले निःशुल्क खेल हेर्ने प्रबन्ध गरेपछि सामाजिक सञ्जालमा गोल्डकप आयोजक समितिको विभिन्न क्षेत्रबाट प्रशंसा भएको छ । आयोजक समितिका अध्यक्ष बस्नेतले यस अवसरको उचित सदुपयोग गर्न सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९