युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

झापा । झापाको मेचीनगर नगरपालिका ४ स्थित बाहुण्डाँगीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा आफ्नो स्वास्थ्य परिक्षण गरेर ५ सय ६० जनाले लाभ लिएका छन् ।

बाहुण्डाँगी नागरिक समाजको आयोजनामा सम्पन्न उक्त शिविरमा वि एण्ड सि टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग रहेको थियो । शिविरमा नाक, कान, घाटी, मुटु, मृगौला तथा अन्य समस्याका लागि विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरका प्रमूख अतिथि तथा वि एण्ड सि अस्पतालका सञ्चालक दुर्गा प्रसाईले नियमित स्वास्थ्य परिक्षणको महत्व दर्शाउदै स्वास्थ्य चेतनाको बारेमा बोल्नु भएको थियो । सबैखाले रोगको सरल तथा सफल उपचार पूर्वमै हुने हुँदा अन्यत्र खर्च गरेर उपचार गर्न जानु नपर्ने उहाँले बताउनु भयो । आँफूले झापाली जनता प्रति केही गर्नु पर्छ भन्ने हेतुले सामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको बताउदैँ प्रमूख अतिथि प्रसाइले बाहुण्डाँगीका १०० परिवारको स्वास्थ्य बिमा आफ्नो खर्चले गरिदिने घोषणा समेत गर्नुभयो ।


नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारीको अध्यक्षतामा सम्पन्न उक्त शिविरको औपचारिक कार्यक्रमको सञ्चालन अर्जुन कुमार कार्कीले गर्नुभएको थियो । सामाजिक अगुवा तथा कार्यक्रम सञ्चालक अर्जुन कुमार कार्कीले कार्यक्रमको अन्त्यमा गुन्द्रुक र चाम्रे खुवाएर दोसल्ला ओडाएर प्राविधिक टोलीलाइ बिदाइ गर्दै धन्यवाद दिनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९