
झापा । झापाको मेचीनगरमा एक महिला मृत फेला परेकी छन् ।
मेचीनगर नगरपालिका वडा नम्बर ५ कमलडाँडाकी अन्दाजी ६० वर्षीया अम्बिका कुवर बुधबार साझ आफ्नै घर नजिकै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।
मृतक महिला शंकास्पध अवस्थामा भेटिएको जनाउदै प्रहरी अहिले घटना स्थलमा पुगेर घटनाबारे अनुसन्धान सुरु गरी सकेको प्रवक्ता पाठकले जनाए ।
स्थानिय स्रोतको अनुसार मृतक अपरान्न छ बजे आफ्नै घर पछाडी को बासघारीमा घास काट्न गएकी थिइन् । उनको अनुहारमा धारिलो हतियार प्राहार गरिएको छ । परिवारका सदस्य हरुको भनाइ अनुसार गाइ दोएर घास काट्न गएकी कुँवर अबेरसम्म पनि घर नफर्किए पछि खोजी हुने क्रममा बासघारीमा मृत अवस्थामा फेला फरेकी थिइन ।