
बिर्तामोड । स्वास्थ्य कार्यालय झापाले फागुन २८ गतेदेखि झापामा हात्तीपाइलेविरुद्धको औषधी वितरण गर्ने भएको छ ।
स्वास्थ्य कार्यालयले अभियानको थालनी स्वरूप शुक्रबार पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएको हो । हात्तपिाइलेबाट बचाउन औषधी वितरणको राष्ट्रिय अभियानअन्तर्गत झापामा पनि वितरण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका जीवन चम्लागाईले जानकारी दिए । लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने यो रोग कहिल्यै निको नहुने र मानिसलाई अपांगसम्म बनाउने उनले बताए ।
झापामा पनि हात्तीपाइलेको जोखिम भएकाले औषधी प्रयोग गर्न सम्पूर्णमा उनको अनुरोध छ । यसका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु घर, टोल र बुथसम्म पुग्ने उनले बताए । यद्यपि दुई वर्षमुनिका बालबालिका, गर्भवती, सात दिनको सुत्केरी र सिकिस्त बिरामीले यो औषधी खान नमिल्ने उनले बताए ।