युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनको प्रचार प्रसारमा जुट्नु सबैमा आह्वान गर्नुभएको छ ।

बिहीबार राजधानीमा आयोजित होली पर्वको शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले खासगरी पार्टीको चुनाव चिन्ह ‘कलम’ को कमाल स्थानीय चुनावमा देखिनुपर्ने बताउनुभएकाे छ ।

‘सत्य र न्यायको प्रतिकमा रहेको कलम, प्रचार अभियानमा गाउँ–बस्तीमा जुटौं, भन्नुहुँदै उहाँले पार्टी, संगठन र जनपरिचालनमा जुट्न आह्वान गर्नुभयो ।पार्टीको सामर्थ्य राष्ट्रियसभाको चुनामा देखाइसकेको र अब स्थानीय चुनावमा हाम्रो सामर्थ्य देखिन्छ, हामीलाई खिसिट्युरी गर्नेको हरिबिजोग देखिन्छ । होलीका दहन भएजस्तै त्यस्ताहरुको दहन हुने उहाँले बताउनुभयाे ।

आगामी स्थानीय तहकाे निर्वाचनले जनतालाई यही फैसला गर्ने अधिकार दिएकाे कारण चुनावबाट प्रतिगामी भूमिका खेल्नेहरु दण्डित हुनुपर्ने र असल चरित्र र पात्रलाई अघि सार्नुपर्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९