युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको शनिबार उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानकुमार श्रेष्ठका अनुसार २२०/१३२ केभीको नयाँ खिम्ती सबस्टेसन नेपालको केन्द्रीय विद्युत प्रणालीमा जोडिएको अहिलेसम्मको दोश्रो ठूलो सबस्टेसन हो ।

सबस्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु–४ र २४.२ मेगावाटको लिखु ‘ए’ आयोजनाहरुको विद्युत प्रणालीमा जोडिएको छ ।

उत्पादन सुरु भएदेखि माथिल्लो तामाकोशीबाट फागुन मसान्तसम्म ९६ करोड ९० लाख युनिट विद्युत् यही सबस्टेसन भएर प्रवाह भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९