युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । हिमाली भेगको प्रेमकथामा आधारित फिल्म ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

२ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा सौगात र दीयाको लभस्टोरी चित्रण गरिएको छ । ट्रेलरअनुसार बुद्धि तामाङ खलपात्रको भूमिकामा छन् । दीयालाई भगाएर लैजान खोज्ने बुद्धिको प्रयासमा सौगात अवरोध भएपछि हुने द्वन्द्व मन्त्रको कथावस्तु हो ।

ट्रेलरमा मनास्लु क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिकाको आकर्षक हिमाली ल्याण्डस्केप र बौद्ध परम्परा पनि चित्रण गरिएको छ । प्रेसमिटमा अभिनेता मल्लले छायांकनमा भएका रमाइला अनुभव बाँडे ।

निर्देशक खिलबहादुर गुरुङले ५ हजार १०० मिटरभन्दा उचाइको मनास्लु क्षेत्रमा पुगेर कठिनाइपूर्वक फिल्म सुट गरिएको बताए । वैशाख १६ गते रिलिज हुने तयारीमा रहेको फिल्मलाई देवेन्द्र मानन्धरले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९