युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं ।  हाल देशभर नयाँ र पुराना गरी करिब ६ लाख सेवाग्राही सवारी चालक अनुमतिपत्र लाइसेन्सको पर्खाइमा रहेका छन् ।

यातायात व्यवस्था विभागले लाइसेन्सको लागि प्रक्रिया पुरा गरेका ७ लाख सेवाग्राही भएकोमा करिब १ लाख १५ हजार लाइसेन्स भने प्रिन्ट गरेर सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको जनाएको छ । विभिन्न कठिनाईका कारण भनेकै समयमा स्मार्ट लाइसेन्स प्रदान गर्न नसकिने बाध्यता रहेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको भनाइ छ । उहाँका अनुसार प्रदेश मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा जनशक्ति र प्रविधिको प्रयोग नबढेसम्म प्रक्रिया पूरा गरे पनि तुरुन्त लाइसेन्स दिन सक्ने अवस्था छैन ।

घिमिरेले विदेश जाने र अति जरुरी परेकालाई चाँडो लाइसेन्स प्रिन्ट गरेर दिनुपर्ने कारण त्यसको पनि लोड परेको हुँदा एक सिफ्ट यसका लागि छुट्याइएको बताउनुभयो । हाल यस्ता सेवाग्रहीले एक हप्ता पश्चात तुरुन्तै लाइसेन्स पाउने व्यवस्था छ ।

विभागमा रहेको मेसिनले एक घण्टामा ४ सय ५० वटा कार्ड छाप्न सक्छ । देशभर २१ वटा यातायात व्यवस्था कार्यालय छन् । काठमाडौंमा रहेका ४ वटा यातायात व्यवस्था कार्यालयमा प्रिन्ट भएको लाइसेन्स पठाइसकिएको विभागका सूचना अधिकारी तथा निर्देशक लोकनाथ भुसालले जानकारी दिनुभयो ।

अहिले नयाँ सवारी चालक अनुमति प्राप्त गर्ने व्यक्तिका लागि एक वर्षको परीक्षणकालीन कार्ड दिइनेछ । परीक्षणकालीन कार्ड सबै यातायात व्यवस्था कार्यालयबाट ट्रायल पास गर्नासाथ पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९