युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन पर्वद्धन गर्नुपर्ने बताएका छन् ।

 

बुधबार बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअली सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताएका हुन् ।

साथै प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिएका छन् । बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए पनि सञ्चालनमा भने आएको छैन ।

त्यस्तै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा भने, ‘जलवायु संकटले हिमाल र महासागरबीचको जैविक सम्पर्कलाई असर गरिरहेको छ। फर्कन नसक्नेगरी आउने संकटभन्दा पहिले नै हामीले कडा कदम चाल्नुपर्नेछ ।’

दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि यसका कार्यक्रमहरू कार्यान्वयनमा पनि तीव्रता दिनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए । ‘यो अति कम विकसित मुलुकबाट माथि उक्लिएको नेपालजस्ता देशका लागि यो निकै महत्त्वपूर्ण हो,’ प्रधानमन्त्री देउवाले भने ।

त्यस्तै प्रधानमन्त्री देउवाले खोप र स्वास्थ्य प्रणाली र सामाजिक सुरक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९