युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

काठमाडौं । भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको गायन रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’को अडिसन खुला भएको छ । इमेज टेलिभिजनबाट प्रसारण हुने शोको बिहीबारबाट अडिसन खुला गरिएको कार्यक्रम निर्माता सुरजलाल जोशीले जानकारी दिए ।

अन्य रियालिटी शोमा भाग लिइसकेका वा पाँच वर्षभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक–गायिकालाई प्रतिस्पर्धीको रुपमा समावेश गरिने भएको छ ।

अडिसनमा भाग लिन नेपाल्स सिंगिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा इमेलमा आफूले गाएको बढीमा दुई मिनेट लामो भिडियो पठाउनुपर्ने आयोजकले बताएको छ ।कार्यक्रम आगामी वैशाख १८ गतेदेखि हप्ताको दुई दिन आइतबार र सोमबार बेलुका ८ बजे देखि ९ बजेसम्म नियमित रुपमा प्रसारण हुने जनाइएको छ ।

शोको निर्णायकको रुपमा गायकहरु सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार रहनेछन् । रवि श्रेष्ठले निर्देशन गर्ने ‘नेपाल्स सिंगिङ सुपरस्टार’को विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९