युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । आगामी शुक्रबार बुद्धि तामाङ अभिनित नेपाली फिल्म ‘मैले आई लभ यु भन्नै सकिनँ’ प्रदर्शन हुने भएको छ ।   पत्रकार सम्मेलनमा फिल्मको ट्रेलर र गीत सार्वजनिक गरियो ।

यो एक्सन-कमेडी फिल्ममा बुद्धिसहित जयनन्द लामा, राजाराम पौडेल, अञ्जली अधिकारी, स्वर्गीय जयनन्द लामा लगायतको मुख्य भूमिका छ । कार्यक्रममा राजेशपायल राई र मेलिना राईको स्वर रहेको गीत ‘मुस्ताङको बजार’ पनि रिलिज गरिएको थियो ।

फिल्म ‘कबड्डी’बाट चर्चामा आएका अभिनेता तामाङका फ्यानलाई फिल्म मन पर्नसक्छ । सार्वजनिक गीत र ट्रेलरअनुसार फिल्ममा बुद्धि र अञ्जलीले अनस्क्रिन रोमान्स गरेका छन् ।

शंकर कार्की र बाबु जिम्बाले निर्देशन गरेको फिल्मका निर्माता प्रेम श्रेष्ठ हुन् । दक्षिण भारतीय फिल्म ‘आरआरआर’को दबदबाबीच प्रदर्शन हुन लागेको यो फिल्म सिंगल स्क्रिनमा रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९