
झापा/ आसन्न बैशाख ३० को स्थानीय तहको निर्वाचनको लागी आकांक्षी हरु दजनौको नाम सार्वजनिक हुन थालेको छ ।
झापाको मेचीनगर नगरपालिकामा एमाले भित्र बाट मेयरका लागि ७ जनाले आज उम्मेदवारी घोषणा गराएका छन् । त्यस्तै उपमेयर पदमा ९ जनाले नाम घोषणा गरेका हुन ।
यसरी उम्मेदवारी घोषणा गर्नेहरुमा प्रदेश सभा सदस्यीय गोपाल बुढाथोकी, निलकन्ठ तिवारी डिल्लीराम घिमिरे हालकी उपमेयर मिना उप्रेती, नेताहरु देव कुमार राइ, , लता प्रसाइ, बन्धन कुमार मुण्डा रहेका छन् ।
उपमेयर मा युवा नेता टीका मङ्राती, जिल्ला कमिटी सदस्य मोहन काजी, ऋषिराज तिम्सिना, सबिता दाहाल, रमा भण्डारी, राजु पोख्रेल , कृष्ण कनाल, कल्पना ओलि रहेका छन् । यी नाम मध्ये पाटीले चाडैं टुङ्गो लगाउने बुझिएको छ ।
झापाको मेचीनगर नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् । मेचीनगरमा ४५ हजार ११२ जना पुरुषसहित ९० हजार २०२ जना मतदाता रहेको आयोगले जनाएको छ ।
झापामा २८६ मतदान केन्द्र र ७५५ मतदान स्थल रहेका छन् ।