युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौँ  / चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार औपचारिक रुपमा बन्दरगाह सञ्चालनको उद्घाटन गरे । वीरगन्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर बन्दरगाह सञ्चालनको आरम्भ गरिएको छ । अब व्यवसायीले आयात गरेका वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने भएका छन् ।

 

सीमास्थित भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी अब सिधै चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न सकिनेछ । सीमाबाट बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिमको सडक मार्गबाट सामान लैजान आन्तरिक परिवहनको सुविधा दिइनेछ । सुविधा लिन चाहने पैठारीकर्ताले प्रणालीबाटै फारम मुद्रण गरी सीमास्थित भन्सार कार्यालयका अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

बन्दरगाह नहुँदा सडक–सडकबाटै भन्सार जाँचपास हुने गरेको थियो । अब मालवाहक सबै सवारीसाधन बन्दरगाहभित्र आउँछन्, दर्ता गर्छन्, पार्किङमा जान्छन्, आवश्यक परे तिनले गोदामसमेत प्रयोग गर्छन् । भन्सार प्रक्रिया सुरु हुन्छ, सामानको जाँचपास हुन्छ । भन्सार ‘क्लियर’ भएपछि मालवाहक गाडी बन्दरगाह परिसरबाट बाहिर निस्कन्छन् । भन्सार प्रयोजनका लागि सुव्यवस्थित हिसाबले प्रक्रिया पूरा गर्न बन्दरगाह निर्माण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९