युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडाैं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई  आज आयोगमा आमन्त्रण गरी निर्वाचन आचारसंहितालगायत संविधान, ऐन र कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्न लगाएको हो ।

प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३,  निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७८ मा भएका विभिन्न प्रावधान इमान्दारिताका साथ पालना गर्न/गराउन प्रतिबद्ध छौँ ।’

दलका नेता तथा प्रतिनिधिले निर्वाचनका सन्दर्भमा आयोग, निर्वाचन अनुगमन समिति, निर्वाचन अधिकृत तथा मतदान अधिकृतले बोलाएका बखत अनिवार्यरुपमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा दस्ताखतसमेत गर्नुभएको छ ।

यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारीका लागि आयोगले तदारुकताका साथ काम गरिरहेको जानकारी दिँदै निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भ निर्णय गर्नुअघि दलहरुबाट पूर्णपालनाको प्रतिबद्धता होस् भन्ने उद्देश्यले आमन्त्रण गरिएको बताउनुभयो ।

दुई वर्षअघि देखि नै राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारबाला पक्षसँग छलफल र परामर्शका आधारमा आचारसंहिता तयार गरिएको बताउँदै उहाँले भन्नुभयो, “सबैको परामर्शमा आयोगले तयार गरेको आचारसंहितामा निर्वाचनमा सहभागी राजनीतिक दलबाट पूर्ण पालनाको प्रतिबद्धता होस् ।”

निर्वाचन आयुक्त रामप्रसाद थपलियाले निर्वाचनमा सहभागी हुने राजनीतिक दलबाट आचारसंहिता पालनाको सन्देश तल्लो तहसँग जाओस् भन्ने हेतुले प्रतिबद्धताका लागि अनुरोध गरिएको बताउनुभयो ।

प्रतिबद्ध पत्रमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारीणी समिति सदस्य प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसाल, नेकपा (एमाले)का निर्वाचन विभागका सदस्य बाबुराम दाहाल लगायतका पार्टी नेता तथा प्रतिनिधिले प्रतिबद्धता पत्रमा दस्तखत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९