युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको उम्मेदवार टुङ्गो लगाउने भएको छ । उम्मेदवार छान्नका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

आजको बैठकले महानगर र उपमहानगरको प्रमुख एवं उपप्रमुखको उम्मेदवारको नाम टुंगो लगाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

कांग्रेसले यसअघि शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सात वटै प्रदेश र ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने सहितका ६ निर्णय गरेको थियो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध पनि गरिएको पौडेलको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९