युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मधेस प्रदेशमा २९ वैशाख २०७९ सम्म १८ वर्ष पूरा गर्ने जनसंख्या ३४ लाख १२ हजार ८६९ पुग्नेछ ।

यीमध्ये १७ लाख ४ हजार ८९८ पुरुष र १७ लाख ७ हजार ९४२ महिला छन् । त्यस्तै, बागमती प्रदेशमा २९ अन्य लिङ्गका मतदाता छन् । बागमती प्रदेशमा १ हजार ७९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र रहनेछन् ।

यो निर्वाचनमा सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ मतदाता रहेका छन् । यीमध्ये ५ लाख ६ हजार १८० पुरुष, ४ लाख ९५ हजार ९९ महिला र ३ जना अन्य रहेका छन् । कर्णालीमा ९०७ मतदान स्थल र १ हजार ३८५ मतदान केन्द्र रहने छन् ।

स्थानीय निर्वाचनमा यसपटक सबैभन्दा बढी मतदान केन्द्र मधेस प्रदेशमा रहनेछन् । आयोगका अनुसार स्थानीय निर्वाचनमा यसपटक मधेसमा २ हजार १६३ मतदान स्थल र ४ हजार १८९ मतदान केन्द्र रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९