युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

बितामोड / जनता समाजवादिको पार्टीको भातृ संगठन समाजवादी युवा संघ झापाको अध्यक्षमा अर्जुनधारा ११ निवासी उपेन लिम्बू चयन भएका छन ।

झापाको विर्तामोडमा जसपा सम्वद्द युवाहरूको एक बृहत भेलाबाट झापा युवा संगठनको १२७ सदस्य रहेको कमिटी गठन भएको हो । कमिटिको अध्यक्षमा उपेन लिम्बु चयन भएका हुन। २०७१ साल देखि उपेन लिम्बू जनता समाजवादी पार्टिमा सक्रिय भुमिकामा रहेका छन्।

साथै सोही कार्यक्रम मार्फत सुशील कन्दङवाको अध्यक्षतामा ३५ जना अर्जुनधारा नगर कमिटी र युनिस मगरको अध्यक्षतामा ५१ सदस्यीय युवाको बिर्तामोड नगर कमिटी समेत गठन गरिएको छ। कार्यक्रमको क्रममा अन्य पार्टी छाडेर सयौ युवाहरु जनता समाजवादी पार्टिमा प्रवेश गरेका छन।

प्रमुख अतिथिको रुपमा जनता समाजवादी पार्टी को प्रखर नेता आंङ्काजी शेर्पाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने केन्द्र, प्रदेश, जिल्ला लगायतका नेताहरूले नव प्रबेसीहरुलाई स्वागत गरेका थिए। उक्त कार्यक्रमका संचालन जसपा प्रदेश सदस्य गौरिमान राईले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९