
कपिलवस्तु । कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेकमा गोली चल्दा घाइते भएकी सिपाही महिलाको मृत्यु भएको छ ।
बुधवार राति गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवान कोपिला राजवंशीको मृत्यु भएको हो । उनको बिहीबार बिहान मृत्यु भएको हो । झापाको गौरहदह नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशी त्यस ब्यारेकमा सिपाही पदमा कार्यरत थिइन् ।
उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज८मा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार राति ब्यारेक भित्रको पोस्टमा डियुटीमा रहेको बेला राइफल (एम १६ ) आफैले आफै तिर फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । गोली लागेर गम्भीर घाइते भएकी उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि अवस्था निकै गम्भीर भए पछि नलगिएको प्रहरीको भनाइ छ । सैनिक स्रोतका अनुसार केही दिन अघि मात्र गोरुसिङ्गे ब्यारेकमा शमशेर दल गण सरुवा भएर आएकी थिइन् ।