युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारको  आज टुङ्गो लगाउने भएको छ।

उम्मेदवारबारे निर्णय गर्न शनिवार पार्टीको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बस्ने बैठक दिउँसो तीन बजेका लागि बोलाइएको एमाले प्रचार(प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि बैठकबाट हुने रिजालको भनाइ छ। एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट तय गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९