युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

काठमाडौ / इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिवार दुईवटा खेल हुँदैछन्।दिउँसो पौने ४ बजे डीवाई पाट्ली स्टेडियम मुम्बईमा हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स भिड्दैछन्।

जारी लिगमा नवप्रवेशी गुजरात आफ्ना ६ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। गुजरात आजको खेल जित्दै पहिलो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ । ७ खेलबाट ६ अंक जोडेको कोलकाता सातौँ स्थानमा छ। उसले आजको खेलमा जित निकाल्दै तालिकामा स्थान सुधारको लक्ष्य लिएको छ।

यस्तै शनिवार राति हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद भिड्दैछन्।

बैंग्लोर ७ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ । यो खेल जितेर शीर्ष स्थानमा पुग्ने लक्ष्य बैंग्लोरको पनि छ। बैंग्लोरसँग भिड्न लागेको हैदरावाद ६ खेलबाट ८ अंक जोडेर ५औँ स्थानमा छ।

यसअघि गएराति भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटललाई १५ रनले पराजित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९