
झापा / नेपाली कांग्रेसले झापाको कचनकवलमा नेकपा एमालेसँग तालमेल गर्ने भएको छ ।
सत्तारुढ गठबन्धनमा पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने सहमति भएको थियो भने प्रदेश १ नेतृत्वले एमालेसँग तालमेल नगर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको थियो । तर कांग्रेसको जिल्ला नेतृत्वले एमालेसँग सहमति गरेको छ ।
सहमतिअनुसार कचनकवलको अध्यक्ष कांग्रेसले लिने छ भने एमालेले उपाध्यक्ष उठाउनेछन् । ‘तालमेलका हस्ताक्षर भएको छैन, तर परिस्थीति त्यस्तै -हस्ताक्षर गर्ने) आउँदैछ,’ कांगे्रस, झापाका सभापति देउमान थेबेले भने, ‘झापामा अनौठो अभ्यास हुँदैछ ।’
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्रमा पर्ने कचनकवलमा राप्रपाविरुद्ध एमाले र कांग्रेसको तालमेल अर्थपूर्ण भएको नेताहरुले बताएका छन् ।