युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

काठमाडौं । २०७२ सालको महाभूकम्पको ७ वर्ष पूरा भएको छ।

विसं २०७२ को आजैको दिन अर्थात वैशाख १२ गते गोरखा केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो।

बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको भूकम्पबाट काठमाडौं, काभ्रेपलान्चोक, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवालगायत हालको बागमती र गण्डकीका धेरैजसो जिल्लामा सबैभन्दा बढी क्षति गरेको थियो।

हजारौं मानिसले ज्यान गुमाएका थिए भने निजी तथा सरकारी गरी लाखौं घरहरू भत्किएका थिए। भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म पुनर्निर्माण र पुनर्स्थापनाको काम लगभग सम्पन्न भएका छन् । धरहारा र काष्ठमण्डपसहित अधिकांश सम्पदास्थलहरुको पुनर्निर्माण कार्य सम्पन्न भएका छन् ।

भूकम्पबाट क्षति भएका निजी आवास क्षेत्रको पुनर्निर्माणको कार्य पनि सम्पन्न हुने चरणमा छन् ।

८ लाख ११ हजार ७ सय ५४ वटा घर पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९