युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धन दलका उम्मेदवारहरूको मनोनयन दर्ता आज हुँदै छ ।

तालमेलमा समझदारी भएका स्थानीय तहहरूमा गठबन्धन दलहरूले संयुक्त उम्मेदवारहरूको मनोनयन दर्ता गराउने भएको हो ।

गठबन्धन दलका नेताहरू मनोनयन दर्ताको पहिलो दिनसम्म पनि देशका धेरै ठाउँमा तालमेलबारे समझदारी कामय गर्नै व्यस्त रहे ।  तर, पनि ललितपुर महानगरपालिका र पोखरा महानगरपालिकामा समझदारी जुटाउन सकेनन् ।

आज भने मनोनयन दर्ताको अन्तिम दिन भएकाले तालमेलको समझदारी भएको ठाउँमा संयुक्त र नभएको ठाउँमा दलहरूले एक्लै पार्टीका उम्मेदवार खडा गरेर मनोनयन दर्ता गराउने भएका छन् ।

संघीय राजधानी रहेको काठमाडौं कांग्रेसका सभापति कृष्ण सबुज बानियाँले गठबन्धन दलहरूको आजै काठमाडौंमा मनोनयन दर्ता गराउने तयारी भइरहेको जानकारी दिनुभयो ।

कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनविरुद्ध नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन खडा छ । उक्त गठबन्धनले पनि आजै मनोनयन दर्ता गराउने भएको छ ।

मनोनयन दर्ताको समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहेको छ ।

यसअघि मनोनयन दर्ताको पहिलो दिन आइतबार साना दल र स्वतन्त्रतर्फबाट मनोनायन दर्ता भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९