युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्तिवाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेर दुबै जनाले उम्ममेदवारी दर्ता गराएका हुन् ।

प्रदेश सांसद रहुनभएका स्थापितले मेयर पदमा उठ्नकै लागि केही दिन अघि मात्र सांसद पदबाट राजीनामा दिनुभएकाे थियाे । स्थापित २०५४ काे स्थानीय निर्वाचनमा काठमाडाैं नगरपालिकाकाे मेयरमा निर्वाचित हुनुभएकाे थियाे ।

उपमेयरकी उम्मेदवार डंगोल सन् २०११ की मिस नेवा हुन् । स्वतन्त्र उम्मेदवार दिने तयारीमा रहनुएकी डंगाेल एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले उपमेयर बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९