
काठमाडौ । पाँच दलीय सत्ता गठबन्धनले आज चितवनको भरतपुरमा गर्ने तय भएको संयुक्त चुनावी सभास्थल डुबानमा परेको छ।
संयुक्त चुनावी सभाका लागि हिजै मञ्च बनाइए पनि राति परेको पानीले सभास्थल डुबानमा परेको हो । रातिको वर्षाले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो।
पानीले गर्दा सत्ता गठबन्धनले बनाएको मञ्च, टेन्ट र झन्डाको बिजोग भएको छ। सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हिजै भारतपुर पुगिसक्नुभएको छ ।
संयुक्त चुनावी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत गठबन्धन दलका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।