
झापा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटनामा परेको छ ।
दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ । अरू सकुशल छन् ।
पोखरेल सवार कारलाई स्कोर्पियोले ठक्कर दिएको बताइएको छ । दाङ अध्यक्ष पोख्रेलको गृह जिल्ला हो ।
उनी महासंघको अध्यक्ष बनेपछि मंगलबार पहिलो पटक दाङ पुगेका थिए ।