युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ गतेसम्म आवेदन दिन पाइने भएको छ । दुई महिनादेखि सुरु भएको आवेदनमा उत्साहजनक सहभागिता रहेको जनाइएको छ ।

निर्देशक लक्ष्मण पौडेलले निर्धारित मितिभित्रै आवेदन दिन इच्छुकलाई आग्रह गरे । अडिसनमार्फत डेढ सय जना छनोट हुने र ब्लाइन्ड अडिसन सुटिङ आगामी दुई महिनामा सुरु हुने जानकारी पौडेलले दिए ।

गुगल प्ले र एप स्टोरमार्फत भ्वाइस अफ नेपालको आधिकारिक एप डाउनलोड गरेर आवेदन दिन सकिने भएको छ । एपमार्फत भिडियो पठाउनुपर्ने नियम छ ।

प्रतिस्पर्धामा १२ जनाको समूह हुने भएकाले झण्डै डेढ सय जनालाई ब्लाइन्ड अडिसनमार्फत छनोट गर्ने योजना छ । चार जनामध्ये केही कोच परिवर्तन हुने जानकारी समेत निर्देशक पौडेलले दिए ।

द भ्वाइस अफ नेपालका अघिल्ला तीनैवटा सिजन सफल भइसकेका छन् । यो गायन रियालिटी शो हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९