युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाहुण्डाँगी । आसन्न स्थानिय तहको निर्वाचन नजिकिएसँगै गठबन्धन मेचीनगर–४ ले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त गठबन्धको साझा प्रतिवद्धताको रुपमा शनिबार सार्वजनिक गरिएको हो ।

तत्कालिन बाहुण्डाँगीको वडा नं. १ र २ मिलेर बनेको हालको मेचीनगर ४ का विविध समस्याको समाधान र विकासे योजनाहरुको सम्बन्धमा समेटेर प्रतिवद्धता तयार परिएको छ । प्रतिवद्धता पत्रमा स–साना देखि महत्वकांक्षी योजनासम्म समेटिएको छ । बाहुण्डाँगीको हात्ती समस्याको समाधान, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, यवा तथा खेलकुद, महिला तथा वालवालिका साथै भौतिक निर्माण लागायतका विषयहरुमाथि योजनाहरु प्रतिबद्धता पत्रमा रहेको छ।


नेपाली कांग्रेसका पुराता कार्यकर्ता स्व.पर्शुराम लुईटेलकी श्रीमती विष्णुमाया लुइटेल, समाजसेवी तथा पशुपति माविका पूर्व प्रधानाध्यापक स्व. टेकबहादुर बरालकी धर्मपत्नी मेनुका बराल , महाधिवेशन प्रतिनिधि पोषक कुमार दर्जी, माओवादी केन्द्रका जिल्ला सदस्य मेघराज खड्का तथा मेचीनगर वडा नं. ४ का निवर्तमान अध्यक्ष नविन बराल लागयातले संयुक्त रुपामा प्रतिवद्धता–पत्र सार्वजनिक गरिएको थियो ।

मेचीनगर नगरपालिका वडा नं. ४मा संयुक्त गठबन्धन यतिवेला चुनाव लक्षित विभिन्न कार्यक्रमहरु घरदैलो, प्रचारप्रसार तथा मतदाता शिक्षा लागायतको कार्यहरुमा आक्रमक भएर लागिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९