युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आज धनगढीमा संयुक्त चुनावी सभा गर्दैछन् ।

गठबन्धनको चुनावी सभालाई प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्बोधनका लागि देउवा र दाहाल धनगढी पुगिसक्नुभएको छ ।

देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिनुभएको थियो ।  देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बस्नुभएको थियो । माओवादी अध्यक्ष दाहाल पनि आइतवार राति अबेर धनगढी पुग्नुभएको हो ।

धनगढीमा बिहान ११ बजे आमसभा हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिनुभयो । आमसभापछि देउवा आजै गृहजिल्ला डडेल्धुरा जानुहुने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

यस्तै अध्यक्ष दाहालले धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नुुहनेछ । उहाँ कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।

गठबन्धनले आइतबार मात्र दाङमा सभा गरेको थियो ।

धनगढीमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड मेयरमा प्रतिस्पर्धा गरिरहनुभएको छ । त्यस्तै एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमाल पनि चुनावी मैदानमा हुनुहुन्छ ।

धनगढी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको चुनावी क्षेत्र पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९