
झापा । चुनाव प्रचारप्रसारको अन्तिम दिन नेपाली कांग्रेस मेचीनगर नगरपालिका वडा नं ४ ले भोर्लेनीमा बृहत कार्यक्रम गरेको छ । प्रचारप्रसारको समापन गर्दै कार्यक्रममा नेपाली कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले आफ्नो पक्षमा जीत पक्कापक्की भएको दावी समेत गरेका छन् ।
मेनपा ४ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको छ । गठबन्धनमा नेपाली कांग्रेसका नेता निरज घिमिरे वडा अध्यक्षको उम्मेद्वार छन् । विगतको चुनावको आकडा र हालको माहोलको विषयमा बोल्दै नेपाली कांग्रेसको जीत सुनिश्चित भईसकेको र घोषणा हुन मात्र बाँकी भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए । विकास र समृद्धि ल्याउन अब कसैले रोक्न नसक्ने नेता शर्माको भनाई थियो । युग सुहाउँदो र माटो सुहाउँदो कार्यक्रम नेपाली कांगैृसमा मात्रै भएको र अरुको भ्रममा नपरी गठबन्धनको उम्मेद्वारलाई भोट दिन समेत उनले आग्रह गरे ।
यसअघि पनि उक्त वडा नेपाली कांग्रेसका उम्मेद्वार नबिन बरालले जितेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नगर प्रमुखको उम्मेद्वार इन्द्र बुढाथोकी, उपप्रमुखका उम्मेद्वार प्रकाश भण्डारी, कांग्रेस नेता राम कट्टेल लगायतको उपस्थिती थियो ।