युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

 काठमाडौं । पछिल्ला ५ दिनमा मात्रै करिब ३ लाखभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार चुनावका लागि भोट खसाल्न जाने यात्रुको उच्च चाप थियो । बुधबार मात्रै ८३ हजार ६६० जनाले काठमाडौं उपत्यका छाडेका थिए ।

बुधबार ११ हजार २३३ सवारीले काठमाडौं विभिन्न नाका हुँदै काठमाडौं छाडेका थिए । चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ ।

२७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं छाडेका थिए। २६ वैशाखमा यो संख्या ५० हजार ९३० थियो भने २५ गते ५५ हजार ७४६ जनाले काठमाडौं छाडेका थिए । २४ गते ५३ हजार व्यक्तिले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उपत्यका भित्रिने यात्रुको संख्या भने केही दिन यता सामान्य अवस्थाको भन्दा कम रहेको महाशाखाले जानकारी दिएको छ । बुधबार ९ हजार २२१ वटा सवारीबाट ३५ हजार ६५७ यात्रु काठमाडौं भित्रिएका छन् ।

बिहीबार पनि नाकाहरुमा बाहिरिने यात्रुको चाप छ । उपत्यका छाड्ने बसहरुमा पनि कोचाकोच गरेर यात्रुहरु घर फर्किएका छन् । काठमाडौंमै स्थायी बसोबास गरिरहेकाहरु पनि भोट हाल्न गाउँ फर्किंदैछन् ।

बिहीबार मध्यरातबाट सवारी साधन चल्न पाउने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९