युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन गराएरै छाडेको दाबी गरेका छन्। केही व्यक्तिले निर्वाचन हुँदैन भनेर हल्ला फिँजाइएको भएपनि आज देशभर निर्वाचन भइरहेको बताएका हुन्।

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट भोट हालेपछि देउवाले सो कुरा बताएका हुन्।एमाले अध्यक्ष ओलीप्रति इङ्गित गर्दै देउवाले भने, ‘चुनाव हुँदैन, मलाई गराउँदैन भन्थे, आज मतदान त भइरहेको छ, केपीजीले पनि मतदान गर्नुभयो होला नि?’

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन प्रचार-प्रसारको क्रममा देउवा नेतृत्वको सरकारले चुनावै गराउँदैन भनेका थिए। ओलीको सोही भनाइप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले यो अभिव्यक्ति दिएका हुन्।

साथै उनले निर्वाचन भएपछि लोकतन्त्र सुनिश्चित भएको बताए। प्रधानमन्त्री देउवाले स्थानीय तह गठन भएपछि गाउँगाउँमा सिंहदरबार आएको समेत जिकिर गरे।

धनगढीबाट हेलिकप्टरबाट आएर यहाँ बिहान ९ बजेर ५५ मिनेटमा मतदान गरेका थिए।  देउवाले यसै विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए। २००३ सालमा जन्मिएका देउवाले कक्षा ३ सम्मको प्रारम्भिक शिक्षा तत्कालीन असिग्राम प्राविबाट लिएका  थिए।

कक्षा ८ सम्म डडेल्धुरा सदरमुकामको महेन्द्र माविमा पढेका देउवाले कक्षा ९ र १० सम्मको पढाइ डोटीको जिजोडामाडौं उचाकोटमा रहेको सिताराम माविमा पूरा गरेका थिए।

२०१९ सालमा एसएलसी पास गरेपछि देउवा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए। देउवा आजै यहाँबाट काठमाडौं फर्किएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९